तिला र सिंजामा पनि स्याउ सुपरजोन कार्यक्रम
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार २०:१:१३
५ फागुन, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको पाँच बर्षपछि जुम्लाको सिंजा क्षेत्रमा स्याउ सुपरजोन कार्यक्रम लागु हुने भएको छ । प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले सिंजा क्षेत्रलाई सुपरजोनका रुपमा चयन गरेको जनाएको हो ।
परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार यसअघि चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा यो कार्यक्रम संचालन भइसकेको छ । उनले भनिन्, ‘अब सिंजाका हिमा, सिंजा, कनकासुन्दरी र तिलामा पनि यो कार्यक्रम लागु हुनेछ ।’ कार्यक्रम वस्तिार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरको १ र २ मा कार्यक्रम लागु गर्नेगरी बुधबार पत्र प्राप्त भएको उनले बताइन । पत्रअनुसार जुम्लामा संचालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको सिफारिस पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार सुपरजोन क्षेत्र थप गरिएका हुन् । ढिला निर्णय भएकाले कार्यक्रमका केही क्रियाकलापबाहेक अर्को आर्थिक बर्षबाट पूर्ण लागु हुने कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन ।
परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन इकार्इ स्थापना गरी काम भइरहेको कार्यालयले जनाएको छ ।
यस्तै, परियोजनाले प्रमुख कृषि क्षेत्रहरुको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरूको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बजारमा लैजाने उद्देश्यअनुसार सुपरजोन कार्यक्रम लागु भएका क्षेत्रका किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार