गठबन्धन बचाउन जोड दिने प्रचण्डकाे अभिव्यक्ति
नेपालबहस संवाददाता
फागुन ५, २०७८ बिहिबार २२:४४:५३
५ फागुन, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष माओवादी केन्द्र (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।
बिहीवार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै आफूहरुले गठबन्धनलाई बचाउन जोड दिएको बताएका हुन्।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताए। उनले बैठकमा एमसीसीलाई कसरी निकास दिने भन्ने कुरामा विशेष छलफल भएको पनि जानकारी दिए।
अध्यक्ष दाहालले भने, ‘हाम्रो ५ बजे मिटिङ छ। त्यसकै तयारीको रुपमा भेटघाट गरेका हौँ तीन दलको। तीन दललाई कसरी बचाउने भनेर लागेका छैनौँ। ५ दललाई नै कसरी बचाउने भनेर लागेका हौँ र एमसीसीलाई कसरी निकास दिने भन्ने कुरा हो। आज ५ दलको बैठकमा छलफल गरेर एउटा निकास निकाल्छौँ र एउटा निकास निकाल्नेतिर नै हाम्रो जोड छ। जोड सकेसम्म गठबन्धन बचाउनेमा छ।’ अध्यक्ष दाहालले आज साँझ बस्ने सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने पनि बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार