नारायणी अस्पताल कम्पाउण्डमा साझाको अबैध फार्मेसी

आबिद हुसेन
फागुन ५, २०७८ बिहिबार २३:२०:४७

♦आबिद हुसेन
५ फागुन, बीरगञ्ज । बीरगञ्जको नारायणी अस्पताल कम्पाउण्डभित्र सञ्चालित साझा औषधि पसल अस्पतालसँग अनुमति नै नलिई सञ्चालन भईरहेको खुलेको छ । अस्पतालसँग कुनै अनुमति नै नलिई साझा औषधि पसलको नामबाट फार्मेसी सञ्चालनमा रहेको खुलेको हो ।
सरकारी अस्पताल हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधी पसल खोल्न नपाउने भनेर स्वास्थ्य नियमावलीमा स्पष्ट प्रावधान छ । तर नारायणी क्षेत्रीय अस्पतालकै कम्पाउण्डभित्र साझा औषधि पसलको नामबाट निजी औषधि पसल निर्वाध चलिरहेको छ ।
विगतमा अस्पताल नेतृत्वले साझेदारीमा औषधी पसल चलाउने भनेर अस्पताल हातामा साझालाई छिराएको थियो । तर नियमावली आएपछि पनि साझाले अस्पताल हाताबाट औषधि पसल नहटाई निर्वाध चलाईरहेको हो । साझाले अस्पतालसँग २०७० सालदेखि कुनै पनि सम्झौता नै नगरी दादागिरीका आधारमा फार्मेसी चलाईरहेको अस्पताल स्रोतको दावी छ ।
नेपाल सरकारको नियम अनुसार अस्पताल हाताभित्र रहेका सबै निजी औषधि पसल हटाइएको छ । देशभरि रहेका सरकारी अस्पतालभित्र सञ्चालनमा रहेका साझा औषधि पसल हटाउने क्रम पनि जारी छ । अधिकांश अस्पतालबाट हटाइ सकिएको छ । तर नारायणी अस्पतालमा भने साझाले अटेर गर्दै बसिरहेको छ ।
अस्पताल हाताभित्र अन्य औषधिपसल हटाएर नारायणी अस्पताल आफैँले सुपथमूल्यमा औषधि उपलब्ध गराउने गरी अस्पताल भित्रै आफ्नै औषधि फार्मेसी खोलेको छ । नेपाल सरकारले पनि सरकारी अस्पतालमा बिरामीलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने नीति अनुरुप अस्पताल आफैँले फार्मेसी चलाउनु पर्ने नियम नै बनाएको छ ।
तर नारायणी अस्पतालको कम्पाउण्डभित्र सञ्चालित साझा औषधि पसलका कारण अस्पताल आफैँले सञ्चालन गरेको फार्मेसी धरासायी बन्न पुगेको छ । साझा औषधि पसलले अस्पताललाई बिक्रीको तीन प्रतिशत दिनुपर्ने सम्झौता भएको थियो तर २० वर्षदेखि साझा औषधि पसलले न भाडा तिरेको छ, न बिक्रीको तीन प्रतिशत दिएको छ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले नेपालबहसलाई जानकारी दिए ।
मेसु प्रधानका अनुसार अनियमित तरीकाले सञ्चालनमा रहेको जानकारी भएपनि आफूहरूले केही गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । साझाले उल्टै २०७२ सालदेखि ५१ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने भन्ने माग राख्दै आएको उनले बताए । यस विषयमा साझासँग अस्पतालले लिखित अडिट रिपोर्ट मागेको तर अहिलेसम्म बुझाएको छैन । आम्दानीको तीन प्रतिशत दिनुपर्नेमा अहिलेसम्म सो पनि तिरेको छैन ।
यस विषयमा साझा औषधि पसलका जिम्मेवारी व्यक्ति वरुणकुमार सिंहसँग बुझ्दा अस्पताल रहेसम्म आफूले फार्मेसी सञ्चालन गर्ने बताए । सम्झौतापत्र माग गर्दा उनले दिन मानेनन् । साझा फार्मेसीले प्रतिबन्धित औषधिसमेत बिक्री गर्ने गरेको पाइएको छ ।
अस्पतालसँग सम्झौतापत्र समेत नरहेको र विगतका सबै फाइल अख्तियारले लिएको कारण सो सम्बन्धमा के कति खर्च लिनुदिनु पर्ने तथ्याङ्क समेत अस्पतालसँग छैन । अस्पतालका केही कर्मचारीले साझासँग मासिक रकम बुझ्ने गरेको स्रोतको दाबी छ । सोही कारण अहिलेसम्म अस्पताल हाताभित्र साझा औषधि पसल सञ्चालनमा रहेको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सुरु, ३० वर्ष माथिका नागरिकलाई प्राथमिकता दिइने
फागुन १, २०८१ बिहिबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार