क्यालिब्रेशन फ्लाइटका लागि आइपुग्यो एरो थाईको विमान
नेपालबहस संवाददाता
फागुन ५, २०७८ शुक्रबार ०:२९:५३
५ फागुन, बुटवल। क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। थाइल्याण्डबाट सिँधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण भएको हो।
पाइलट, कोपाइलट, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। विमानले शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट गर्ने छ। विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ।
क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ। त्यसपछि परीक्षण उडान हुनेछ। उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको थियो। एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो।
क्यालिब्रेशन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक दाहालले बताए। विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ। अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ।
जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण समय ढिलो हुनसक्ने भएको हो। १० दिनसम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नै व्यावसायिक उडानको मितिसमेत तय गरेको छ। प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरिने छ।
व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ। समितिले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताए। त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार