ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौं : कमल थापा
नेपालबहस संवाददाता
फागुन ५, २०७८ शुक्रबार १:३०:५८
५ फागुन, काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन्।
सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बता ।
भातृ संगठनहरूको संयुक्त बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्बाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताए।
पार्टीलाई ठुलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनर्स्थापनाको मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्यूताउन बाध्य भएको जानकारी दिँदै अध्यक्ष थापाले अब राप्रपा नेपालले रणनीतिक रूपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने भएकोले सबै भातृ संगठनहरूलाई आम जनता समक्ष यो सन्देश पुर्याउन निर्देशन दिए।
सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्द्धनवादको सिद्धान्त अवलम्बन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रस्ट पारे।
बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष ममता राई, राप्रयुसंका उपाध्यक्ष दामोदर वाग्ले, पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठ, राप्रविसंका कावा अध्यक्ष शशि भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत संगठनका उपाध्यक्ष सरला विक, ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, राप्रविसंका पूर्व अध्यक्ष उज्ज्वल पोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।
राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ। घोषणा सभा लगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार