नेपाली कांग्रेसले तय गर्याे ठोरी १ को वडाअध्यक्षको उम्मेद्वारः फुयाँलको नाममा सर्वसम्मत निर्णय
नेपालबहस संवाददाता
फागुन ५, २०७८ शुक्रबार १:४९:५०
ठोरी, ५ फागुन। आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ठोरी गाउँपालिका वडा नं. १ बाट नेपाली कांग्रेसले वडाध्यक्षका लागि नवराज फुयाँललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। वार्ड कमिटीको बिहीबार बसेको बैठकले वडाध्यक्षमा फुयाँललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
वार्ड कमिटीका सभपति तिलक बहादुर रिमालको अध्यक्षतामा बसेको बैठकले आउँदो निर्वाचनबाट वडाअध्यक्षमा फुयाँललाई विजयी बनाउन पार्टी कमिटी एक भएर लाग्ने निर्णय गरेको हो।
विगत १६ वर्षदेखि निरन्तर पत्रकारिता र सामाजिक कार्यमा सक्रिय फुयाँललाई पार्टीको तर्फबाट आउँदो बैशाख ३० गते हुन लागेको चुनावमा वडाअध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा सचिव प्रेमबहादुर कुवँरले जानकारी दिए। चुनाव आउन अब धेरै समय नभएकाले उम्मेद्वार घोषणा गरेरै अघि बढेको पार्टीका क्षेत्रीय प्रतिनिधि धर्मेन्द्र गुप्ताले बताए।
बैठकले पार्टीको संगठन सुदृढिकरण अभियान अगाडी बढाउँदै टोलटोलमा वार्ड कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकमा वडा नम्बर १ का निर्वाचिन वडासदस्यद्वय रविन कुमार तिमल्सिना, भक्त बहादुर आले, पार्टीका प्रदेश प्रतिनिधि डबल बहादुर क्षेत्री, धनप्रसाद फुयाँल, क्षेत्रीय प्रतिनिधि केदार देउजा, होममाया थापा, मान बहादुर श्रेष्ठ, ज्ञानबहादुर स्याङतान, भरत रिमाल, पार्टीका वडा उपसभापति अरुण तामाङ, सचिव प्रेमबहादुर कुवँर, सुरज लामा लगायतको सहभागीता रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार