एमसीसीको गोलचक्करः नेतृत्व गम्भीर नभए प्रजातन्त्र नै खतरामा पर्न सक्छ
नेपालबहस संवाददाता
फागुन ५, २०७८ शुक्रबार २:३९:२८
अहिले नेपालको राजनीति आवश्यकताभन्दा बढी तात्तिँदै गएको छ । दलका नेताहरु चाहिनेभन्दा बढी तनावमा छन् । एकातिर स्थानीयू निर्वाचन नजिक आइसकेको छ । अर्कातिर अमेरिकी सहयोग नियोग एमसीसी पास गर्ने कि नगर्ने भन्नेमा टाउको दुखाइ बन्न पुगेको छ ।
कसैलाई यसैको कारण आफ्नो राजनीतिक भविष्य नै सिद्धिने हो कि भन्ने डर छ भने कसैले यसैको माध्यमबाट राज्यशक्तिमा हावी हुन सकिन्छ कि भन्ने दाउ हेरिरहेका छन् । जनमत राम्रै भएका र अब आफ्नै व्यवहार र समयले पुनः जनताको माझमा गएर खरो उत्रनुपर्ने बाध्यतामा रहेका सबै दलहरु अहिले राजनीतिक परीक्षा दिइरहेको अवस्थामा छन् ।
गठबन्धनका सरकारमा संलग्न दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरु र एमालेका शीर्ष नेताहरुले राजीतिलाई निष्ठा र नैतिकता, दीर्घकालीन सोच, जनता सर्वोपरि, राष्ट्र्यि स्वाभिमानलाई केन्द्रमा राखेर अगाडि बढ्थे भने स्वाभाविक रुपमा हुने स्थानीय निर्वाचन र एउटा मित्रराष्ट्रले दिने सहयोग लिने कि नलिने ? कसरी लिने ? उनीहरुलाई कसरी आस्वस्त पार्ने भन्ने कुरा यस्तो उधुमको विषय बन्ने थिएन । सत्ता र शक्तिकै खेलमा रहेका यिनै नेताहरुकै कारण दलहरु अस्तित्वको संकटमा पुगेका छन् भने आमजनतामा समेत विभाजनको रेखा कोरिने अवस्था सिर्जना भएको छ ।
गठबन्धन सरकारमा संलग्न माओवादी केन्द्र र एकीकृत समाजवादी दलहरुलाई अहिले एमसीसी पास, फेल र स्थानीय निर्वाचनले कतै आफूहरुको राजनीतिक अस्तित्व नै संकटमा पर्ने त होइन भन्ने डर बढिरहेको छ । एमाले सकेसम्म सबै पक्षमा कांग्रेसलाई उचालेर पछार्न पाए माओवादी र एसलाई उठ्न नसक्ने गरी धूलोमा मिलाइदिने र स्थानीय निर्वाचन आफ्नो पोल्टामा पार्ने दाउ हेरेर गोटी चाल्ने प्रयासमा छ । कांग्रेस काम त गर्ने तर बुद्धि पुर्याउन नसक्दा राम्रै कामको पनि जस लिनसक्ने अवस्थामा अझै पनि छैन ।
उसले आफ्ना योजना र कार्यहरुलाई जनताले बुझ्ने गरी भन्न सकिरहेको छैन । राष्ट्रिय रोकारका विषय जनताका बीचमा लगेर गम्भीर छलफल गर्न पनि चुक्दै आएको छ । अहिलेको राजनीतिक सरगर्मीबाट सबै दलले आआप्mनो अभीष्ट पूरा गर्न बाटो खोजिरहे पनि नेताहरुको पितलो कार्यशैली र राष्ट्रिय महत्वका विषयमा गम्भीर हुन नसक्दा राष्ट्र नै अन्योलमा फस्ने अवस्था बढ्दै गएको छ ।
एमसीसी केपी ओली सरकारले मन्त्रिमण्डलबाट पास गराएर संसदमा टेबल गरेको थियो । सभामुखका कारण संसदमा पेस भएको थिएन । अहिले उनै केपी ओलीले कांग्रेसलाई संसदमा पेस गर्न लगाउने र गठबन्धन टुटाउने, त्यसपछि लाभ हानि हेरेर आफ्ना सांसदलाई निर्देशन दिने मानसिकतामा छन् । ओली आफ्नो रणनीतिमा सफल भए भने अहिलेको राजनीतिक संरचना नै फेरिने अवस्था आउने निश्चित छ ।
मओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एसका अध्यक्ष मावकुमार नेपाल केपी ओलीको संविधानविरोधी कदमका विरुद्धमा लागे पनि ओलीबाट आफ्नो र दलको अस्तित्व कसरी जोगाउने भन्ने ध्याउन्नमा छन् । ओलीरुपी बाघबाट कसरी बच्ने भन्ने डरलाग्दो चिन्तामा छन् । उनीहरुले सकेसम्म समग्र सरकार नभए उनीहरुका पार्टीका मन्त्रीले सम्हालेका मन्त्रालयलाई कसरी नमूना बनाउने ? कसरी राष्ट्र हितमा काम गर्ने ?
आफ्नो नेतृत्वमा आएका प्रदेशमा कसरी विकासको लहर ल्याउने ? जनचासोका विषयलाई कसरी न्यापूर्ण रुपमा सम्बोधन गर्ने ? भन्नेतिर कहिल्यै सोचेको देखिएको छैन । यिनीहरुले गर्न सकिने र गर्नैपर्ने यति मात्रै काम गर्थे भने एमसीसी पास हुने, नहुने विषयमा कुनै चिन्ता गर्नुपर्ने थिएन, अमेरिकाले दबाबै दिन पनि त्यति सजिलो हुने थिएन । स्थानीय तहमा हराउन ओलीको दाल गल्नै कुरै थिएन । त्यति पनि सोच्न र गर्न नसक्ने बरा नेताहरुलाई ओलीको रणनीतिका सामू टिक्न कठिन त पर्ने नै भयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सधैं सम्झौतापरस्त नेताका रुपमा चिनिन्छन् । उनी अन्तर्राष्ट्रिय रुपमा पत्ताएका नेता त हुन् तर विशेषरुपमा सचेत र कुनै विषयलाई पनि गम्भीर रुपमा लिएर पार लगाउने नेता होइनन् । उनी प्रजातन्त्रको नेतृत्व गर्ने कांग्रेसका नेता हुन् तर उनको नेतृत्वमा प्रजातन्त्र मजबुत बन्न सकेको छैन । उनले अरुलाई बढी विश्वास गर्ने र आफ्नो धोती खुस्केकोसम्म थाहा नपाउने गरेका छन् ।
यिनको राज्यसञ्चालनको व्यवस्थापन पनि सधैं कमजोर नै देखिएको छ । यिनकै अघिल्लो सरकारका मन्त्रीबाट एमसीसी नेपाल ल्याउने सम्झौता भएको थियो । यो अनुदान सहयोगका बारेमा जनतामा कुनै तरहबाट भ्रम सिर्जना भएपछि त्यस बारेमा सरकारका तर्फबाट र पार्टीका तर्फबाट पनि गम्भीर रुपमा छलफलमा ल्याउनुपथ्र्यो । त्यसो गर्न यिनले आवश्यकै ठानेनन् । अन्तर्राष्ट्रले पत्याएकाले अमेरिकालाई खुसी पार्न पास गर्ने पत्र त लेखे तर राज्यसंयन्त्र कमजोर छ, सरकार दह्रोसँग अघि बढेको छैन, गठबन्धनका दलहरुमा एकमत छैन, जनतामा भ्रम छ, यस्तो अवस्थामा राष्ट्र नै तल पर्ने हो कि ? स्थानीय निर्वाचनमा पार्टीलाई यसले गम्भीर प्रभाव पार्न सक्छ कि भनेर सोचेका छैनन् ।
प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरु एमसीसीविरुद्धमा उभिए एमालेको सहयोगमा भए पनि पास गर्ने मानसिकतामा देखिन्छन् । त्यसका लागि पार्टी नेताहरुले वार्ता अगाडि बढाएको बताइएको छ । आफ्नो अघिल्लो सरकारले सम्झौता गरेको अमेरिकी सहयोग जसरी पनि पास गराउँदा त मित्रराष्ट्र खुसी हुन्छ नै तर त्यसले जनतामा परेको भ्रम चिर्न सक्ने छैन ।
अर्को, यसले स्थानीय निर्वाचनमा जनताको विस्वास जित्न ज्यादै कठिन हुने छ । केपी ओलीले आफ्नो सरकारले अगाडि बढाउन चाहेको एमसीसी अहिले त्यत्तिकै पारित गर्न सहयोग गर्ने छैनन् । उनले संसदमा पेस गर्न सभामुख हटाउनुपर्ने माग राखेकै छन् । गठबन्धन त टुटाउन प्रयास गर्ने नै छन् । त्यसपछि सरकार आफ्नो हातमा लिन प्रयास पनि गर्ने छन् ।
यस्तो अवस्थामा सर्वाेच्च अदालतका न्यायाधीशमाथिको महाभिगोग पनि कचल्टिने छ । ओलीले आफ्नो संसद भंगसम्बन्धी कदम सही हो भन्ने बनाउन प्रयास गर्ने छन् । उनले संवैधानिक इजलासमा बसेका पाँच जना न्यायाधीशमाथि पनि काउन्टर अभियोग लगाउने प्रक्रिया थालेको समाचारमा आएकै हो । यस्तो अवस्थामा देउवा र नेपाली कांग्रेसका अन्य नेताहरु गम्भीर हुनु अति आवश्यक छ । यसबेला चुकियो भने प्रजातन्त्र नै खतरामा पर्न बेर लाउने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार