सत्ता गठबन्धनको बैठकबाट बाहिरिए माधव नेपाल र झलनाथ खनाल
नेपालबहस संवाददाता
फागुन ५, २०७८ शुक्रबार २:०:३६
५ फागुन, काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल बाहिरिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी पाँच बजेपछि सुरु भएको गठबन्धनको बैठकबाट एकीकृत समाजवादीका नेता बाहिरिएका हुन्। उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया भने दिएका छैनन्। गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने बताइएको छ।
बैठकमा कांग्रेसको तर्फबाट प्रधामन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण प्रसाद सिटौला सहभागी छन्।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल सहभागी थिए । जसपाबाट बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ बैठकमा सहभागी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने अडानमा छन्। प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा छन्। एमसीसीलाई कसरी अगाडी बढाउने भन्ने बारे आजको बैठकले निष्कर्श निकाल्ने विश्वास लिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार