एमसीसीमा सहयोग गर्न ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार ११:५२:३३
६ फागुन काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीमा सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवा पत्नी डा.आरजु राणासहित बिहीबार राति साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए। ओलीसँग दुई घण्टासम्म चलेको भेटमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध हटाउन र एमसीसीमा सहयोग गर्न देउवाले आग्रह गरेका हुन् । सत्ता गठबन्धनका नेतासँगको बैठक सकरात्मक नभएपछि बालकोट पुगेका देउवालाई ओलीले ठोस निर्णय भने दिन सकेनन्।
ओलीले पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्न सकिने बताएका छन्। ओलीको सचिवालयका सदस्यले कुनै ठोस छलफल नभएको बताएको छ। ओलीका प्रेस संयोजक रामशरण बजगाईंले समसामयिक विषयमा कुराकानी भएको उल्लेख गरेका छन् । यता बालुवाटार स्रोतले भने प्रधानमन्त्रीले एमसीसी अनुमोदन र संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रतिपक्षी दलका नेतासँग छलफल भएको बताएको छ।
एमसिसी संसद्मा टेबल गर्ने विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् । पार्टीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवा संसदमा टेबल गरेर अगाडि बढ्ने तयारीमा छन् ।
सत्ता गठबन्धनमा एमसीसी अगाडि बढाउने विषयमा अलमल देखेपछि देउवाले यो विषयमा प्रतिपक्षी दलको साथ खोजेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार