धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब राहत रकम निकासा
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १२:१३:५६
६ फागुन काठमाडौं । धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन सरकारले रु एक अर्ब निकासा गरेको छ ।
हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । मापदण्ड, २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया बमोजिम राहत उपलब्ध गराउन लागिएको छ ।
देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।
अर्थ मन्त्रालयबाट निकासा प्राप्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याई सो रकम मध्ये धानबालीमा क्षति पुगेका ईलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्यूठान, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा, बाजुरा, बैतडी, कन्चनपुर र कैलालीका किसालाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन कोषमा रु ८५ करोड चार लाख यही फागुन २ गते निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार