ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु बम डिस्पोजल टोलीद्वारा डिस्पोज
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १५:२२:५
६ फागुन काठमाडौं । काठमाडौंको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
बिहान दुई वटा जेब्रा झोलामा भेटिएको शङ्कास्पद वस्तु केहीबेर अघि सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । शङ्कास्पद वस्तु प्रेसरकुकर बम भएको आशङ्का गरिए पनि सार्वजनिक गरिएको छैन । शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै बिहानदेखि रोकिएका गाडी अहिले चल्न थालेका छन् ।
बिहान यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको थिएन । लामो समयसम्म गाडी रोकिएकाले कलङ्की, कालीमाटी, थानकोट लगायतका क्षेत्रमा गाडी चापमा चलिरहेका छन् । काठमाडौंसंगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडा पारिएको थियो ।
शङ्कास्पद वस्तु कसले राख्यो भन्नेबारे भने खुलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार