एमसीसी दौडधुपः प्रधानमन्त्री चाक्सीबारीमा, नेपाल र खनाल खुमलटारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १७:११:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-shar-scaled_blqx5Qfbs3.jpg)
६ फागुन, काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले राजनीतिक दलमा तरंग उत्पन्न भएको छ । आज बिहानैदेखि नेताहरुको आन्तरिक, द्धिपक्षीय र बहुपक्षीय छलफल चलिरहेका छन् ।
एमसीसी विवाद बढिरहेका बेला अहिले बिहानदेखि फेरि नेताहरुको दौडधुप शुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा प्रकाशमानसिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री जनार्दन शर्माको भेटघाट चलिरहेकै बेला त्यसमा सामेल हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल खुमलटार पुगेका छन् ।
खुमलटारमा जनता समाजावादी पार्टीका अशोक राईपनि सहभागी भएका छन् । त्यही छलफलपछि आ–आफ्नो निवासमा खाना खाएर नेताहरु वालुवाटार जाने तयारीमा छन् । हिजो अवरुद्ध सत्ता गठबन्धनको बैठकमा भाग लिन १० बजे बालुवाटार बस्दैछ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र जसपा नेता अशोक राई पनि सोही छलफलमा सहभागी हुन भर्खरै खुमलटार पुगेकाले त्यहाँ केही समय छलफल लम्बिने भएको छ ।
सत्ता गठबन्धन दलका दुई धुव्रमा विभाजित नेताहरुको राजनीतिक भेटघाट बिहानैदेखि बढेको हो । विहिवारको सत्ता गठबन्धन दलको बैठक लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई साथ लिएर एमाले अध्यक्ष केपी ओली भेट्न बालकोटस्थित ओली निवास पुगेपछि सत्ता गठबन्धनमा नयाँ तरंग सिर्जना भएको छ ।
सत्ता गठबन्धन अब संकटमा परेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरु वाक्लो राजनीतिक भेटघाटमा गरेपनि एमसीसी पास गर्ने विषयमा भने पूर्ववत अडान कायमै राखेका छन् ।
ओलीसँग अवेर राती ११ बजेसम्म भेटघाट गरेर फर्किएका प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारीमा छन् । प्रधानमन्त्री आफ्नै पार्टीका नेता प्रकाशमान सिंहसँग यस विषयमा थप छलफल गर्न चाक्सीवारी पुगेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार