रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको अमेरिकाको दावी
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १७:४६:१९
६ फागुन एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गरेका छन् ।
रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उनले बताएका छन् । तर मस्कोले अमेरिकी आरोपमा कुनै सत्यता नभएको भन्दै आफ्ना सेनाले सीमामा सुरक्षा मात्र गरिरहेको दावी गरेको छ । दुवै देशबीचको विवादका कारण युक्रेन र रुस समर्थकहरुबीच टकराव बढेको बताइएको छ । अमेरिका र रुसको विवादका कारण युक्रेनमा त्रास फैलिएको बताइएको छ । पश्चिमा मुलुकहरुले पनि दुई देशको विवादका कारण त्रास बढेको भन्दै समस्या समाधानका लागि वार्ता गर्न दुवै पक्षलाई आह्वान गरेका छन् ।
यता अमेरिकाले भने सुरक्षा परिषदको बैठकमा आफ्ना आरोपमा प्रमाणहरु पेश गर्न अस्विकार गरेको अलजजिराले उल्लेख गरेको छ । यता रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै युक्रेनमा आक्रमणको तयारी गरिएका भनिएका आफ्ना एक लाखभन्दा बढी सैनिक फिर्ता बोलाएको जनाएको छ । तर अमेरिकाले भने रुसले सीमामा थप सुरक्षा खडा गरेको दावी गर्दै आएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका गतिविधिले चिन्ता बढाएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार