संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सुनुवाइ तोकियो
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार १९:७:२३
६ फागुन काठमाडौं । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ तोकेको छ।
सर्वोच्चले शुक्रबार न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो । आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भदौ ३० मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको जिकिर गर्दै रिट दायर गरेका थिए। सर्वोच्चले १४ असोजमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो ।
प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको मुद्दामा गत भदौ १७ मा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठ न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्योल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो। यससँगै सर्वोच्चको आदेशपछि मुद्दामाथिको सुनुवाइ अनिश्चित बन्न पुगेको थियो ।
रिटमा अधिवक्ता रेग्मीलाई विपक्षी बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार