डीआईजी लामाको सेटिङमा गुणस्तरहीन सामान बुझ्दै नेपाल प्रहरीकाे प्रबन्ध शाखा
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार २३:३०:५
६ फागुन, काठमाडौ । नेपाल प्रहरीको प्रबन्ध शाखाले ठेकेदारसँगको मिलेमतोमा गुणस्तरहीन सामाग्रीहरु लिने गरेपछि संगठनभित्र चरम असन्तुष्टि उत्पन्न भएको छ । तीन वर्ष अघि यस्तै गुणस्तरहीन सामाग्रीहरु खरिद गरेको समाचार आएपछि नेपाल प्रहरीले एक वर्ष लगाएर छानविन गर्दा केही समय गुणस्तरका सामाग्री आएको भएपनि अहिले भने पुनः गुणस्तरहीन सामाग्री बुझ्न थालेपछि प्रहरीभित्र असन्तुष्टि उत्पन्न भएको हो ।
प्रबन्ध शाखाको कमाण्ड डीआईजी बसन्त लामाले सम्हालेसँगै गुणस्तरहीन सामानहरु भित्रन थालेका हुन् । विगतमा नेपाल प्रहरीकै सई ज्ञानेन्द्र बस्नेत र पिताम्बर मुन्काको समूहले ठेक्का लिएका सबै सामाग्रीहरु बसन्त लामा आएपछि स्वीकार गरिएको छ । लामो समयदेखि गुणस्तहीन समाग्रीहरु दिएको भन्दै एसएसपी पुरुषोत्तम कँडेलले रोकेर राखेका डाग्री, कटन पाइण्ट, कटन सर्ट, ट्रयाक सुट, उलन पाइण्ट लगायतका सामाग्रीलाई गत पुसमा स्वीकार गरिएको हो । अघिल्लो बर्ष नै ठेक्का पर्नबाट छुटेको सो समूहलाई अहिले श्रवण अग्रवालको समूहले उछिनेको छ ।
नेपाल प्रहरीमा हाल श्रवण अग्रवालसँगै नेपाल टेलिकमका पूर्व कर्मचारी टोपेन्द्र बीसी, राजमान मिश्र र अर्को एकजना रहेका छन् ।उनीहरुडीआईजीले शैलेश थापा प्रहरी महानिरीक्षक भएपछि ज्ञानेन्द्र बस्नेतको समूहलाई पछाडी धकेल्न सफल भएका थिए । बस्नेत र पिताम्बर मुन्काको समूहले बुझाउन बाँकी धेरै सरसामान भएकाले उनीहरुको केही रकम समेत भुक्तानी गर्न बाँकी रहेको थियो । डीआईजी लामा प्रबन्धमा आउने वित्तिकै एसपी प्रेम बस्नेतको सहयोगमा गुणस्तरहीन सबै सामान बुझेर भुक्तानी गरिदिएको स्रोतको दावी छ ।
गत वर्ष क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिका सञ्चालक पिताम्बर मुन्का र प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेपछि नेपाल प्रहरीमा उनीहरुको पतन र अग्रवालको उदय भएको थियो । त्यतिबेला टेक्सटायलका प्रतिनिधि पौडेलले नेपाल प्रहरीको भण्डारण शाखा र क्राउन टेक्सटायलका मालिक पिताम्बर मुन्काको आदेशमा प्रहरीले पठाएको नमूनाभन्दा अर्को नमुना पठाएको बताएपछि एसपी बस्नेतलाई पनि छानविनको दायरामा राखेको थियो । तर उनी विभिन्न शक्तिकेन्द्र धाएर उम्किएका थिए ।
पौडेलसहित सञ्चालक मुन्कालाई पक्राउ गरेपछि प्रहरीले त्यतिबेला प्रबन्ध शाखा र भण्डारण शाखामा काम गर्ने प्रहरी अधिकारीहरूलाई पनि अनुसन्धान शुरु गरेको भएपनि अनुसन्धान गर्ने प्रहरीमाथि नै एसपी बस्नेत र प्रबन्धको टीमले आर्थिक प्रलोभनमा पारेर जोगिएका थिए । यसपटक डीआईजी लामो आदेशमा एसपी प्रेम बस्नेतको मूख्यसेटिङमा अग्रवालको टीमलाई मिल्नेगरी निश्चित मापदण्ड तोकेर ठेक्का निकाल्ने तयारी भैरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आगामी वर्षका लागि नेपाल प्रहरीले अण्डरभेष्ट ट्राउजर, प्लेन डाङ्ग्री, ब्ल्याङ्केट कटन पाइण्ट, उलन सर्ट र उलन स्वीटरको खरिदको तयारी गरेको छ । त्यो तयारीसँगै गत भदौ असोजमा भएको टेण्डरको सामान फागुन १५ देखि चैत १५ भित्र भण्डारण शाखामा दाखिला गर्न लागिएको छ । त्यसका लागि अग्रवालको टीमले अहिलेदेखि नमूनाको चेकजाँचका लागि प्रहरीलाई पठाउने लागेको छ । ‘अब नमूना आउने बेला भयो, टेण्डरमा उल्लेख गरिएको स्पेक छ कि छैन उही गुणस्तरको छ कि छैन भनेर चेकजाँचको समय हुँदैछ’, प्रबन्ध शाखाले भन्यो ।
गत वर्षदेखि नमूना चेकजाँचका लागि एसपी बस्नेत आफै बस्ने गरेका छन् । जब अग्रवालको टीमले ठेक्का लिन सफल भएपछि उनी आफैले चासो दिन थालेको स्रोतको दावी छ । विगत तीन वर्षदेखि एसपी बस्नेत प्रबन्ध शाखामा रहेका छन् । उनको तीन वर्षदेखि किन सरुवा भएको छैन भनेर प्रहरी प्रधान कार्यालयमा समेत कौतुहलता पैदा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार