रारा ताल जोडने नाग्म–गमगडी सडक स्तरोन्नति हुँदै
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शुक्रबार २३:३३:४४
६ फागुन, खलङ्गा । पर्यटकको आकर्षक गन्तव्यका रुपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ ।
सो राजमार्गको ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमी ग्राभेल कार्य सकिएको कार्यालयका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
उनले भने, “जम्मा ९३ किलोमिटर लम्बाइ भएको नाग्म –गमगडी राजमार्गको स्तरवृद्धिका लागि काम भइरहेको छ । जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रसम्म जोड्ने सडकको काम पनि अहिले भइरहेको छ ।
ठेक्का लागेर पनि विगत पाँच वर्षदेखि सो सडकको छ किलोमिटरसम्मको काम हुन सकेको थिएन । स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले सो सडकको निर्माण कार्य गरिरहेका छन् । अब सो काम अन्तिम टुङ्गो लाग्दैछ । सो राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर भण्डारीले बताउनुभयो ।”
सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगु जिल्लाको गमगडीबबाट ताल्चासम्मको सड्क कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । नाग्म–गमगडी राजमार्ग स्तरवृद्धिका लागि प्राथमिकताका साथ काम भइरहेको छ । अब काम ढिलाइ नगरी कार्य समयमै सम्पन्न हुने गरी कार्यालय लागि परेको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।
१० वटा पुल सम्झौता
नाग्म–गमगडीअर्थात् रारा सिंजा राजमार्गका विभिन्न १० वटा खोलामा पुल पनि बन्ने भएका छन् । सडक विभागको पुल महाशाखाअन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेको इन्जिनियर भण्डारीले बताउनुभयो ।
२० किमी कालोपत्र हुने
यसैगरी सो क्षेत्रको २० किलोमिटर क्षेत्र कालोपत्र हुने भएको छ । डिभिजन सडक कार्यालयका अनुसार सरकारको यो वर्षको बजेट योजनाअनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्र गर्ने योजना रहेको छ । यो वर्ष सो योजनालाई प्राथमिकता दिने कार्यालयले जनाएको छ ।
नेपालको ठूलो राराताल र सिंजा क्षेत्र पर्यटकीय दृष्टिकोणले यही राजमार्गमार्फत आवतजावत गर्नुपर्ने तर सडक राम्रो नहुँदा वर्षौंदेखि नागरिकले सास्ती पाएका छन् । सो सडक स्तरोन्नति भएपछि यहाँका स्थानीयवासीलाई सजिलो हुने भएको छ । यहाँको कृषि बाली तथा स्याउ ओखरसहित फलफूललाई बजारमा निर्यात गर्न सजिलो हुने स्थानीयवासी युनेश परियारले बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार