अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, यस्ता छन् पारित एजेन्डा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
फागुन ६, २०७८ शनिबार ०:१९:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/ajod_0M19yeF8I8.png)
६ फागुन, काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यस कम्पनीले चालु आ.व. २०७८/७९ को पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।
थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको, खुद नाफा १०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको छ ।
सम्पन्न सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।
– समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरियो ।
- लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरियो ।
- कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८/७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा अल्पसङ्ख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा
पुष १३, २०८१ शनिबार
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
साउदीले विश्वका १०२ देशमा सातसय टन खजुर वितरण गर्ने
फागुन ६, २०८१ मंगलबार
नखानुहोस् यी चार कुरा, नत्र हृदयाघातको खतरा रहन्छ
फागुन ६, २०८१ मंगलबार
क्यानडामा हिउँमा चिप्लिएर विमान पल्टिँदा १९ जना गम्भीर घाइते
फागुन ६, २०८१ मंगलबार
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
फागुन ६, २०८१ मंगलबार
रि-रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का विषयमा निर्देशक-निर्माता बीच लफडा
फागुन ६, २०८१ मंगलबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार