आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
नेपालबहस संवाददाता
फागुन ७, २०७८ शनिबार १२:५१:२
७ फागुन काठमाडौं । आज फागुन ७ गते प्रजातन्त्र दिवस । एक सय चार वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं १९९७ माघमा जीवन आहुति दिएका थिए । प्रजापरिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनिहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४ को दफा ४५ को उपदफा ९४० तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६ को उपदफा ९४० र फौजदारी कसूर नियमावली २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार
राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
पुष ११, २०८१ बिहिबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार