बेलायतमा शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ७, २०७८ शनिबार १५:८:३५
७ फागुन एजेन्सी । बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ ।
तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।
१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ उडान तथा रेल सेवाहरू रद्द भएका छन् । तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् ।
आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएकोछ । सरकारले अति आवश्यक परेमा घरबाहिर निस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
सडक आसपासका कैयौँ रुखहरू ढलेर सवारी साधनलाई क्षति पुर्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार