आईसीपी बीरगञ्ज भन्सारद्वारा तोकेको लक्ष्यभन्दा बढी राजस्व संकलन
आबिद हुसेन
फागुन ७, २०७८ शनिबार १८:५४:४३
७ फागुन, बीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगञ्ज आईसीपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ७ महिनामा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार रुपैयाँ राजश्व असुली गरेको छ ।
भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि ४ प्रतिशतभन्दा बढी राजश्व असुली भएको बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए । कोरोना सङ्क्रमणको तेस्रो लहर जारी रहेको भएपनि मुलुकको आयात निर्यात बढेपछि बीरगञ्ज भन्सार कार्यालयबाट अर्थ मन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि राजश्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताए ।
बीरगञ्ज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजश्व विभागले चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब १६ अर्ब ७१ करोड, १५ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्यभन्दा ५ अर्ब १ करोड ६८ लाख ९२ हजार बढी राजश्व असुली भएको बीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले उल्लेख छ ।
बीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ७ महिनामा भन्सार राजश्वतर्फ ४४ अर्ब ३९ करोड १९ लाख १२ हजार राजश्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४७ अर्ब ५३ करोड ९२ लाख ४४ हजार राजश्व असुली भएको हो । त्यसैगरी, अन्तशुल्कतर्फ १३ अर्ब ६७ करोड ४८ लाख ३५ हजार असुली गरेको बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले जानकारी दिए ।
त्यसैगरी, बीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार कतर्फ ९ अर्ब २७ करोड २० लाख राजश्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ८६ करोड ९८ लाख ५० हजार असुली गरेको छ ।
यसैगरी, बीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३१ करोड ५५ लाख १५ हजार राजश्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ३ अर्ब ४० करोड ७८ लाख ८७ हजार असुल गरेको बीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आईसीपी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । चालू आवको सोही अवधिमा गत वर्षभन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी राजश्व संकलन भएको बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार