पत्रकारलाई धम्की दिएकोप्रति महासंघकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
फागुन ७, २०७८ शनिबार १८:५१:५६
७ फागुन मोरङ । समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोशी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।
पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले बम पड्काउने धम्की दिँदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरुमार्फत पनि फोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको शाखाले घोर निन्दा गरेको छ ।
प्रकाशित समाचार तथा प्रयोग भएको सामग्रीप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भत्रे अभिव्यक्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शाखाले आज विज्ञप्ति जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार