भक्तपुरमा अचेत अवस्थामा भेटिएका तिनै जनाको मृत्यु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_7NF8fc8mF0.jpeg
)
नेपालबहस संवाददाता
फागुन ७, २०७८ शनिबार २२:११:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/Death-Body-1_IVL6ZcL5wf.jpg)
७ फागुन, काठमाडाैँ। भक्तपुरको तीन छुटाछुटै स्थानमा शनिबार तीन जना मानिस अचेत अवस्थामा भेटिएका छन्। उनीहरुमध्ये दुई जनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं.२ सानोठिमी बस्ने निर्मला महर्जनको तीन तले घरको भुई तलामा डेरा गरी बस्ने उदयपुर गाईघाट स्थाई वतन भएका वर्ष ४० को गणेश मगर ट्वाईलेटमा चुक्कुल लगाई अचेत अवस्थामा रहेका थिए।
उनको श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकोमा तत्कालै प्रभाग सानोठिमीबाट प्रहरी टोली खटि गई निज मगरलाई उपचारको लागि निजकै श्रीमती र स्थानीयहरुको सहयोगमा कोरियन अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
यस्तै जिल्लाकै मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोठिमी दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि सडकमा एकिन नामथर वतन नखुलेको अंन्दाजी ३०/३२ वर्षको पुरुष व्यक्ति घोप्टो भई अचेत अवस्थामा छ भन्ने जानकारी प्राप्त हुना साथ अस्थाई प्रहरी पोष्ट दिव्यश्वरी प्लानिङबाट प्रहरी टोली खटि गई निज पुरुष व्यक्तिलाई उपचारको लागि कोरियन अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक उदयपुर कटारी ९ घर हुने वर्ष ३५ को सुरज तामाङ रहेको भन्ने मृतकको भाई प्रताप तामाङले जानकारी गराएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी अनुसन्धान कार्य भइरहेको जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार