लैंगिक समानता र गुणस्तरीय शिक्षा सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल
नेपालबहस संवाददाता
फागुन ७, २०७८ शनिबार २३:२२:१
७ फागुन, बीरगञ्ज । दिगो बिकासका लक्ष्य गुणस्तरीय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न भएको छ । युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुक्त सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेका थियो ।
मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा युवाहरुले छलफल गरेका थिए । छलफलको क्रममा सहभागीहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगति र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए । दक्ष जनशक्तिको अभाव, बनेका नियम कानुनहरु कार्यन्वयन नहुनु, पितृसतात्मक सोच, अन्धविश्वास लगायतका प्रवृतिको पतन नहुँदसम्म गुणस्तरीय शिक्षा र लैंगित समानताले सार्थकता नपाउने सहभागी युवाहरुको धारणा थियो ।
सातवटै प्रदेशका युवाहरुलाई समावेश गरेर गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा सचेत बनाउने र नयाँ पुस्ताको धारणालाई निर्णायक क्षेत्रमा पु¥याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको युवा संस्थाकी कार्यक्रम संयोजक श्रेया श्रेष्ठले बताइन् ।
यसअघि ६ वटै प्रदेशमा सम्पन्न भईसकेको कार्यक्रम शनिार मधेश प्रदेशको पर्सा जिल्ला सदरमुकाम बीरगञ्जमा सम्पन्न भएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा र धनुषाका युवाहरुले आ–आफ्नो जिल्ला र गाउँमा गुणस्तरिया शिक्षा र लैंगिक समानतासम्बन्धी विद्यमान चुनौतीहरु प्रस्तुत गरेका थिए । चुनौतीसँगै ती चुनौतीहरुको समाधानका लागि स्थानीय एवम् प्रदेश सरकारले गरिरहेका पहलहरुको बारेमा पनि युवाहरुले चासो देखाएको संस्थाकी कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।
युवाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व बिकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको युवाले नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउनका लागि कार्यक्रम गरिरहेको संस्थाकी सूचना अधिकारी स्नेहा ताम्राकारले बताइन् । उनका अनुसार युवाहरुले प्रस्तुत गरेका चुनौती, समस्या समाधानका लागि भएका पहलहरु र युवाहरुको धारणालाई अब राष्ट्रियस्तरको छलफलमा लिएर बहसको विषय बनाइनेछ । त्यहाँबाट पनि मुख्य प्राथमिकताका विषयहरुलाई अन्तराष्ट्रियस्तरमै लिने ताम्राकारको भनाई छ ।
युवा संस्थाले गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र यस्ता कार्यक्रमको निरन्तरताले पछिल्लो पीढीका युवाहरुमा नेतृत्वदायी भूमिकाको विकास हुने कार्यक्रममा सहभागी सप्तरीकी अर्चना परियारले प्रतिक्रिया दिइन् । युवाहरुलाई जागरुप बनाउनुका साथै सम्बन्धीत निकायलाई प्रश्न सोध्न सक्ने क्षमता अभिवृद्धिका लागि पनि कार्यक्रम उपलब्धीमुलक भएको छलफलमै सहभागी बीरगञ्जका दीपु वर्णवालले बताए ।
अरुले गर्ने कार्यक्रमहरुमा महिला तथा पुरुष मात्रै सहभागी हुने गरेपनि यो कार्यक्रममा खुलेरै यौनीक तथा लैङ्गिक अल्पसङ्ख्यकको समेत उपस्थिति हुनुले पनि केही हदसम्म परिवर्तन भएको आभाष युवा संस्थाका आँशुकुमार सर्राफले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार