लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हुन्, जनताको भावना बुझेर मात्रै काम गर्नुपर्छः नेता शाही
नेपालबहस संवाददाता
फागुन ७, २०७८ आइतबार १:११:४९
७ फागुन, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले जनतामा अझै लोकतन्त्रको आभास हुन नसकेको बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।
जिम्मेवार निकायबाट लोकतन्त्रको हितमा काम गर्दै जनतामा त्यसको आभास गराउनुपर्ने बताएका छन्। लोकतन्त्रको संस्थागत विकास र अभ्यासमा नै सबैको भविष्य सुनिश्चित रहेको नेता शाहीको भनाइ छ ।
लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हुने भएकाले सबै कामहरू जनताको भावना बुझेर मात्रै गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा तानासाही सोच हुनेहरू कहीँ नपुग्ने बताएका छन् ।
ुतानासाही सोच हुने शासकको भविष्य लोकतन्त्रमा लामो हुँदैन । त्यसैले हामीले लोकतान्त्रिक संस्कारलाई अंगिकार गर्दै त्यसैलाई बलियो बनाउँदै लैजानुपर्छ,ु नेता शाहीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार