प्रतिनिधिसभा बैठक आज बस्दै, कार्यसुचीमा परेन एमसीसी
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार १२:४३:३४
८ फागुन काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी भने समावेश गरिएको छैन । सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेस गर्ने मात्रै कार्यसूची रहेको हो ।
सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन । सत्ता गठबन्धनमा नेपाली कांग्रेस एमसीसी टेबल गर्नुपर्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा भने यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।
जनता समाजवादी पार्टी नेपालमा भने एमसीसीको सम्बन्धमा दुई मत छ । सो पार्टीमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले एमसीसी पास गर्नुपर्ने पक्षमा जोड दिइरहेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भने अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने अडानमा छन् ।
अमेरिकाले यही १६ फागुनभित्र एमसिसीबारे निर्णय गर्न शीर्ष नेताहरूलाई समय दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार