सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, एमसीसी मुख्य एजेण्डा
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार १२:५४:२९
८ फागुन काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसदबाट अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।
तर संसद सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।
बिहीबार साँझ प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेका थिए । सहमति अनुसार यही फागुन १६ गतेसम्ममा एमसीसीको समयसीमा रहेको छ । गठबन्धनबीच बिहान १० बजे छलफल हुने बताइएको छ ।
आजको बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार