गौरी आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन ८, २०७८ आइतबार १८:१५:०
![](https://nepalbahas.prixacdn.net/media/albums/received_1048139175767984-e1645339483662_UHXuo3Wib2.jpeg)
८ फागुन, अर्घाखाँची । पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-३ मा रहेको गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पोशाक वितरण गरेको छ ।
न्यानो अभियानअन्तर्गत शिशु कक्षादेखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीलाई कपडा वितरण गरेको संस्थाका सदस्य सन्तोष बन्जाडेले जानकारी दिए ।
कपडा वितरणका क्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आगामी दिनहरूमा पनि भूमिकास्थान नगरपालिकासँग सहकार्य गरी सहयोगमा जुट्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले पहिलो पाइलाले नगरपालिकासँग सहकार्य गर्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । थापाले आगामी दिनमा पनि नगरभित्र रहेका विपन्नलाई सहयोगका लागि आग्रह गर्ने बताए ।
वडा अध्यक्ष बालकृष्ण बन्जाडेसहितको उपस्थिति र संस्थाका सहसचिव रमेश पछाईको संचालन रहेको कार्यक्रमको संस्थाकै सदस्य सन्तोष बन्जाडेले संयोजन गरेका थिए । सामाजिक गतिविधिमा सक्रिय यो संस्था यस क्षत्रकै चर्चित सामाजिक संस्था हो । संस्थाले यहि वर्षभित्रै करिब तीन सय विद्यार्थीलाई सहयोग गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार