सकियो बैंक अफ काठमाण्डूको स्वर्णिम इतिहास ! इतिहासकै कमजोर अवस्थामा कसरी पुग्यो बैंक?
आर्थिक संवाददाता
फागुन १०, २०७८ मंगलबार २१:२:४०
१० फागुन, काठमाडौं । कुनै समय लिडर बैंकको रुपमा आफुलाई स्थापित गर्न सफल बैंक अफ काठमाण्डू वर्तमान अवस्थामा दिन प्रतिदिन खस्कँदो क्रममा रहेको छ । अलगअलग अस्तित्वमा रहेका दुई बाणिज्य बैंकहरु बैंक अफ काठमाण्डु र लुम्बिनी बैंकको बिग मर्जपछि बनेको बैंक दिनप्रतिदिन झन् ओरालो लाग्न थालेको हाे ।
बिगमर्जपछि सिर्नजी हासिल हुनुपर्नेमा बैंकका कर्मचारीहरुमा गुटबन्दी र एकले अर्कालाई फसाउने धन्दा चल्दा बैंकभित्रको संस्थागत सुशासनमा पनि धमिरा लागेको छ । सो बैंकका पूर्व सीईओ अजय श्रेष्ठ लगायत उच्चपदस्थ कर्मचारीलाई बैंकिङ कसुरमा फसाइएपछि बैंकभित्र गृटबन्दी झन् पन्पिएको छ । यसलाई जानकारहरु बिगमर्जभित्रको खराब प्रभावका रुपमा चित्रण गर्छन् ।
कुनै विद्यार्थीले बिग मर्जरको नकारात्मक पक्षको बारेमा “थेसिस” लेख्दैछ भने बैंक अफ काठमाण्डू एउटा राम्रो उदाहरण हुन सक्छ । बैंकको ५ वर्ष अघिको तथ्यांक हेर्दा र अहिलेको तथ्यांक हेर्दा बैंक ५ वर्ष अघिको भन्दा पनि कमजोर अवस्थामा पुगेको छ। बैंकका महत्वपुर्ण सूचकहरु घट्दो क्रममा देखिएका छन्।
हाल बैंक संचालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ छन् । त्यस्तै संचालक समितिको सदस्यमा राधेश पन्त, विजयकुमार श्रेष्ठ, गोविन्दप्रसाद शर्मा रेग्मी, मदनलाल जोशी, अमृता उप्रेती र मोहोना लोहनी छन् । त्यस्तै बैंक उच्च व्यवस्थापनकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा श्रवणलाल मास्के रहेका छन् ।
कुनै समय राजा बैंकको रुपमा चिनिएको बैंक अफ काठमाण्डूको वित्तीय अवस्था राम्रो देखिएको छैन । वित्तीय अवस्था मात्र नभएर कम्पनीले आक्रामक रुपमा व्यापार पनि गर्न सकेको छैन । कम्पनीमा निक्षेप घट्न सुरु हुन थालेको छ। तरलता संकटको बेलामा बैंकबाट निक्षेप बाहिरिनुलाई बैंक व्यवस्थापनप्रति जनमानसकाे विश्वास घट्न गई बैंक असफल भएको बुझ्न सकिन्छ।
खुद मुनाफामा खासै वृद्धि गर्न नसकेको कम्पनीको वितरणयोग्य मुनाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७० करोड ८५ लाख खुद मुनाफा गर्न सफल बैंक अहिले सामान्य १ दशमबल ५३ प्रतिशतको मात्र वृद्धि देखिएको छ। बैंकले आर्थिक वर्ष ०७८/७९ को दोश्रो त्रैमाससम्म ७१ करोड ९३ लाख खुद मुनाफा गरेको छ । शेयरधनीको कोणबाट निकै महत्वपूर्ण मानिने वितरणयोग्य मुनाफामा पनि कमी आउँदै ३६ करोड ४५ लाख पुगेको छ।
बैंक अफ काठमाण्डूको प्रतिशेयर आम्दानी भने निकै कमजोर छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा छ, जुन एकदमै कम हो । यही प्रवृत्तिलाई अघि लाने हो भने बैंकबाट खासै आकर्षक लाभांश प्राप्त गर्न सकिने अवस्था देखिदैन। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६७ पैसा थियो।
बैंक अफ काठमाण्डूको संचालन मुनाफामा पनि गिरावट आएको छ । संचालन मुनाफा समिक्षा अवधिमा ९ दशमवल २२ प्रतिशतले घटेर ९३ करोड ३२ लाख पुगेको छ। गत वर्ष यसै अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब माथि थियो।
बैंकबाट भारी मात्रामा निक्षेप बाहिरन सुरु भएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासमा बैंकले १ खर्ब ३ अर्ब ४१ करोड निक्षेप संकलन गरेकोमा २०७८ पुषमसान्तसम्म १ खर्ब ३ अर्ब ३ करोड निक्षेप संकलन गरेको छ । समिक्षा अवधिमा ३८ करोड २३ लाखले निक्षेप बैंकबाट बाहिरिएको छ ।
कर्जा प्रवाहमा आक्रामक बैंकको निक्षेप घट्दा सीडी रेसियो ९० प्रतिशत भन्दा माथि पुगेको छ । प्रकाशित तथ्यांक अनुसार बैंकको सीडी रेसियो ९२ दशमवल ६२ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने कर्जा–निक्षेप अनुपात सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकिएको छ ।
त्यस्तै तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरुले क्रमिक रुपमा घटाई २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्नेछ । मुख्यत सीडी रेसियो घटाउनको लागि कि निक्षेप संकलन आक्रामक रुपमा वृद्धि गर्नु पर्यो अथवा कर्जालाई घटाउनु पर्यो।कर्जा घटाँउदा बैंकको व्यवसाय विस्तार रोकिन्छ भने निक्षेप घटाउनु अहिले बैंकको लागि फलामको चिउरा चपाउनु जस्तै हो ।
५ वर्षकै कमजोर मोडमा बैंक अफ काठमाण्डू :
बैंकको आर्थिक वर्ष ०७७/७८ को वार्षिक तथ्यांकलाई आधार मान्दा बैंक निकै कमजोर अवस्थामा पुगेको देखिन्छ।
प्रतिशेयर आम्दानी ५ वर्षेकै न्यून :
कम्पनीको ५ वर्षको तथ्यांक हेर्दा विगतका दुई वर्षमा न्यून प्रतिशेयर आम्दानी रहेको छ । दुवै वर्ष कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ।
आर्थिक वर्ष | प्रतिशेयर आम्दानी |
आर्थिक वर्ष ७३/७४ | २० रुपैयाँ ६९ पैसा |
आर्थिक वर्ष ७४/७५ | १९ रुपैयाँ ४६ पैसा |
आर्थिक वर्ष ७५/७६ | २३ रुपैयाँ ५३ पैसा |
आर्थिक वर्ष ७६/७७ | १७ रुपैयाँ ०९ पैसा |
आर्थिक वर्ष ७७/७८ | १७ रुपैयाँ ८८ पैसा |
लाभांश ४ वर्ष यताकै न्यून :
बैंक अफ काठमाण्डूले आर्थिक वर्ष ०७७/७८ मा दिएको लाभांश ४ वर्ष यताकै कम हो। आर्थिक वर्ष ०७४/७५ मा २५ प्रतिशत लाभांश दिएको कम्पनीको अहिले १४ प्रतिशत मात्र लाभांश दिएको छ।
आर्थिक वर्ष | जम्मा लाभांश |
आर्थिक वर्ष ७४/७५ | २५ प्रतिशत |
आर्थिक वर्ष ७५/७६ | १७ प्रतिशत |
आर्थिक वर्ष ७६/७७ | १६ प्रतिशत |
आर्थिक वर्ष ७७/७८ | १४ प्रतिशत |
किताबी मूल्य ५ वर्ष अघिको भन्दा पनि कम :
कम्पनीको आर्थिक वर्ष ०७३/७४ मा १७६ रुपैयाँ ९१ पैसा रहेको किताबी मूल्य आर्थिक वर्ष ०७७/७८ मा १७१ रुपैयाँ ०४ पैसा छ।
आर्थिक वर्ष | किताबी मूल्य |
आर्थिक वर्ष ७३/७४ | १७६ रुपैयाँ ९१ पैसा |
आर्थिक वर्ष ७७/७८ | १७१ रुपैयाँ ०४ पैसा |
बैंक अफ काठमाण्डूको ५ वर्षको वार्षिक तथ्याङ्क :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार