एमसीसीकाे वास्तविक छलफल सदनमा हुन्छः वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
फागुन ९, २०७८ सोमबार २२:५०:१६
९ फागुन, काठमाडाैँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन्।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसिसीबारे अब वास्तविक रूपमा सदनमा छलफल हुने प्रतिक्रिया दिए।
पूर्वसभामुखसमेत रहनुभएका पौडेलले भने, ‘एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उनले जटिल रूपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए।
वरिष्ठ नेता पौडेलले भने, ‘एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ। सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन्।’
देशसँग जोडिएको महत्वपूर्ण विषय एमसिसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउदै उनले भने, ‘हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ। देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ।’
अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार