महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते बस्दै, के–के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
फागुन ९, २०७८ सोमबार २३:२४:११
९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने जनाएको छ । यस अघि अदालतको आदेशमा २ पटकसम्म बैंकको साधारणसभा रोकिएको थियो । सोही साधारण सभा फागुन १३ गते बोलाएको हो ।
बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । सो सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा आह्वान भएको थियो । अदालतको आदेशपछि माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको थियो।
कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।
सभामा कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्बबाट ८ अर्ब पुर्याउने, ३ जना संस्थापक समुहको र ३ जना सर्वसाधारण शेयरधनी समुहको गरि कुल ६ जना संचालकको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार