नेपाल समूह विजेता बन्दै टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
नेपालबहस संवाददाता
फागुन ९, २०७८ मंगलबार ०:४४:४८
९ फागुन, काठमाडौं । समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।
समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स ‘युएई’ को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।
वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल ‘गोल्डन डक’ भएका थिए । क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।
टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।
क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।
यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट कुशल मल्लले समान एक विकेट लिए । ग्लोबल छनोटको समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स ‘युएई’ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार