राखेपलाई नयाँपन दिँदै मन्त्रालय
नेपालबहस संवाददाता
फागुन १०, २०७८ मंगलबार १४:२६:३८
♦ नारायण न्यौपाने
१० फागुन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियानमा जुटेको छ । विगतको भूमिकामा नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा मन्त्रालयले सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले परम्परागत ढर्राबाट चल्दै आएको परिषद्लाई सकारात्मक भावसहित सक्रिय बनाई मुलुकको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन मन्त्रालयका तर्फबाट विभिन्न कार्यक्रममार्फत सम्पूर्ण साथ, सहयोगको अनुभूति दिलाइने बताए।
मन्त्रालयले परिषद् र विभिन्न खेलकुद सङ्घले गर्ने क्रियाकलापमा सहजीकरण गर्दै हातेमालो गर्दै अघि बढ्ने कार्ययोजना बनाइरहेको छ । खेलकुद पूर्वाधार विकासका लागि विनियोजित करिब रु ७७ करोड परिषद्बाटै खर्च हुनुपर्नेमा लामो समयदेखि सदस्यसचिवको नियुक्ति नभएका कारण रोकिएको छ । विनियोजित बजेट खर्च हुन नसक्नु भनेको समयमा पूर्वाधारका काम सम्पन्न नहुने मात्र नभई आयोजनाको लागत बढ्ने र अर्को वर्षका लागि बजेटको सुनिश्चित गर्न चुनौती खडा हुन्छ ।
खेलकुल क्षेत्र र परिषद्लाई चलायमान बनाउन मुख्य मियोका रूपमा रहने सदस्यसचिवको रिक्ततालाई अब छिटो सम्बोधन गर्न मन्त्रालयबाट प्रयास भइरहेको छ । यसबीचमा मन्त्रालयले सहसचिव पठाएर सदस्यसचिव रिक्तता पूर्तिको अभ्यास र अनुभूति दिलाउन खोज्यो तर त्यो दिगो हुन सकेन ।
मन्त्रालयबाट खटाइएका कर्मचारीबाट कानुन परिपालना राम्रो भए पनि नेतृत्व र नतिजामुखी काम गर्न नसकेको मन्त्रालय स्वयंले महसुस गरेको थियो । सदस्यसचिवको नियुक्तिले परिषद्को कामकारबाहीप्रति जवाफदेहिता प्रदान गर्दै सफलता र असफलताको जस–अपजस स्वयं हुने भएकाले पनि नियुक्तिलाई मन्त्रालयले उच्च प्राथमिकता दिने जनाएको छ ।
नेपालको खेलकुद क्षेत्रको विकासमा खेलकुद परिषद्को अहं भूमिका रहिआएको छ । मुलुकका सबै खेलकुद विधा परिषद्मातहत रहेका खेलकुद सङ्घसंस्थाबाट हुन्छ । मुलुकमा विकसित राजनीतिक परिघटनाका कारण मन्त्रालय, परिषद् र सङ्घबीच बढेको दूरी घटाउन अहिले मन्त्रालयबाट भगिरथ प्रयास भइरहेको छ ।
सचिव रेग्मी भन्छन्, “परिषद्का विभागीय र कार्यकारी समितिका पदाधिकारीसँग खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न पाटो पक्षबाट कार्ययोजना बनाएर काम गर्न छलफल र अन्तक्रिया तीव्र तुल्याइएको छ ।”
गहन छलफल र अन्तक्र्रियाका आधारमा कार्ययोजना बनाई अघि बढेमा असल अभ्यास र अब्बल नतिजा ल्याउन सकिने जिकिर गर्दै उनले खेल सङ्घका पदाधिकारी, प्रशिक्षक र खेलाडीसँग पनि अब मन्त्रालयले निरन्तर छलफल र अन्तक्रिया गर्ने बताए ।
कोभिड–१९ सङ्क्रमण जोखिम तथा सदस्यसचिवको रिक्ततालगायत विविध कारणले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने समय घर्किसकेको छ । उक्त प्रतियोगिता अघि बढाउने सन्दर्भमा आगामी स्थानीय तह निर्वाचन र एसइई परीक्षाले केही प्रभावित तुल्याउने भए पनि मन्त्रालय यसकै आसपासमा गर्ने सोचमा छ ।
राष्ट्रिय प्रतियोगिताका आधारमा आगामी सेप्टेम्बरमा हुने एशियन प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनोट भएर आउनुपर्ने छ । आगामी एशियन र राष्ट्रिय प्रतियोगितका लागि पनि परिषद् र विभिन्न खेलकुद विधाका सङ्घसंस्था सहभागिता र दायित्व बढेकाले मन्त्रालयले उनीहरूको भूमिकालाई प्रभावकारी तुल्याउन र आन्तरिक लोकतन्त्र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार