जाजरकाेटमा यही वर्ष २९ वटा आन्तरिक सडक निर्माण पूरा हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_7NF8fc8mF0.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०७८ मंगलबार २२:३२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak_hjHsUGS2zA.jpg)
१० फागुन, जाजरकोट। आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २९ वटा आन्तरिक सडक निर्माण पूरा गर्ने लक्ष्य लिएकाे छ। साेही अनुसार सडक निर्माणलाई कार्यालयले प्राथमिकता दिएकाे जनाएकाे छ ।
आर्थिक वर्ष २०७७/७८ मा एक सय ६५ किलोमिटर सडक निर्माण गरेको कार्यालयले चालु आर्थिक वर्षमा ३९ वटा सडक निर्माणलाई प्राथमिकतामा राखेकाे हाे। साथै, कार्यालयले तीन वटा भोलुङ्गे पुल, दुई वटा पक्की पुल निर्माण सम्पन्न गरेकाे जनाएकाे छ। जनता आवास कार्यक्रमअन्तरर्गत एक सय ७३ विपन्न परिवारलाई घर निर्माण पनि गरेकाे कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए।
२०७६/७७ मा चालुतर्फ ६६ प्रतिशत र पुँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको कार्यालयको आर्थिक वर्ष २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पुँजीगत ७१ प्रतिशत प्रगति भएको थियो। यो आर्थिक वर्षको दोस्रो चौमासिकको आखिरीसम्ममा चालुतर्फ ४५ प्रतिशत र पुँजीगततर्फ ९ प्रतिशत प्रगती हासिल भएको छ।
कार्यालयले केही योजना प्रदेशमा फिर्ता समेत गरेकाे छ। १५ लाखभन्दा तलका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि सोहीअनुसार योजना काम रोकिएको हाे।
केही वहुवर्षीय याेजनामा समेत निरन्तर काम भइरहेकाे कार्यालयले जनाएकाे छ । यसमध्ये आधा दर्जन पक्की पुल पनि छन् । अघिल्लो वर्षभन्दा अहिले योजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको कार्यालयका प्रमुख कार्कीले बताए । उनले कर्मचारी अभावले तोकिएको समयमा काम गर्न कठिन भएकाे बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार