नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो
नेपालबहस संवाददाता
फागुन १०, २०७८ बुधबार ०:३४:४५
१० फागुन, काठमाडौं । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस ‘युएई’ ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४८ बल खेल्दै चार चौका र चार छक्काको मद्दतमा ७० रनको योगदान दिएका हुन् ।
त्यस्तै भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफा ९ रन तथा अहमेद राजा ६ रनमा अविजित रहे । नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले ३-३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । यस खेलमा नेपाल विजयी भएमा विश्वकपको यात्रा तय गर्नेछ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
यसैबीच जितको लक्ष्यसहित उत्रेको नेपालले तीन विकेट गुमाइसकेको छ । अहिले ब्याटिङ गरिरहेको नेपालले तीन ओभरमा १८ रन बनाउँदा तीन विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल ७, आसिफ शेख शून्य र लोकेश बम शून्य रनमा आउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार