पुण्यको काममै भ्रष्टाचार ! त्योभन्दा ठूलो अपराध के होला ?
नेपालबहस संवाददाता
फागुन १०, २०७८ बुधबार ०:५१:१८
१० फागुन, काठमाडौं । वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार गरेको पाइएको छ ।
जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम बिरुवासमेत रोपण नगरी रकम हिनामिना गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७३/७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिका उचिडिहमा वृक्षरोपणका लागि रु तीन लाख ६० हजार बराबरको रकम हिनामिना गरेको पाइएको छ ।
आयोगका अनुसार गैरकानूनी काममा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र सहलेखापाल जनकराज जोशीले भ्रष्टाचार गरेको पाइएको आयोगको आरोप छ ।
आयोगले बिगोबमोजिमको माग दाबी गर्दै वन कार्यालयका कर्मचारी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार