प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
नेपालबहस संवाददाता
फागुन १०, २०७८ बुधबार २:३१:४७
१० फागुन, धरान। गएको बुधबार र बिहीबार धरान ४ स्थित आपगाछी जंगल क्षेत्रमा २ वटा जेब्रा झोलामा भेटिएको शव कान्छी श्रीमतीसँग विराटनगरमा बस्दै आएका ४३ वर्षीय दिनेश सिग्देलको भएको खुलेको छ।
दिनेशको योजनावद्धरुपमा कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर ४ इक्राहीका सरोज भण्डारीले हत्या गरी शरीर टुक्राएर धरान ल्याई फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले दुवैलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापाकाअनुसार मृतक दिनेश वैदेशिक रोजगारीको क्रममा बहराइनमा थिए।
कान्छी श्रीमती अनिताको परपुरुषसँगको नाजायज सम्बन्ध थाह पाएपछि उनी १५ दिनको विदा लिएर पुष २० गते नेपाल आएका थिए। नेपाल आएको २ दिन पछि नै पुष २२ गते उनको विराटनगर ३ पिपल चोकस्थित डेरामा अनिता र सरोजले हत्या गरेको एसपी थापाले जानकारी दिए। ‘अनिताको सम्बन्ध अरुसँग भएको थाह पाएपछि दिनेशले जानकारी नदिई नेपाल आएका रहेछन्। पुष २१ गते विराटनगर आएपछि अनिता लिन गए, त्यो दिन उनीहरु होटलमै बसे,’एसपी थापाले भने,‘भोलीपल्ट २२ गते मात्र डेरा कोठमा गए। त्यहाँ साँझ अनितासँग झगडा भयो, र सरोज पनि आएर दिनेशकै गलबन्धीले कसेर मारेका थिए।’
आफूहरुको सम्बन्धमा काँडा बनेर दिनेश आएपछि अनिता र सरोजले मिलेर योजनावद्धरुपमा हत्या गरेको एसपी थापाले बताए। प्रहरीका अनुसार पुर्ख्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो भएका दिनेशले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए। त्यसयता उनी पुर्ख्यौली घर विरलै जाने गरेका थिए। अनिताको माइती घर भने सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो। दिनेश र उनको ७ बर्षीया एक छोरी छन्। विराटनगर महानगरपालिका ४ इक्राही घर भएका अनिताका प्रेमी सिटी सफारी चालक हुन्। सफारी पनि करिब एक लाख रुपैया अनिताले नै दिएर खरिद गरेको प्रहरीले जनाएको छ। सरोजको पनि श्रीमतीसँग सम्बन्ध बिग्रएकोले अनितासँग नजिकिएको प्रहरीले जनाएको छ।
एसपी थापाका अनुसार पुष २२ गते राती दिनेश मदिरा पिएर मातेका थिए। अनितासँग झगडा भएपछि सरोज पनि आएर दिनेशकै गलबन्धीले कसेर मारेका थिए। त्यसरात लाश कोठामै छोडेर उनीहरु बाहिर बसेको र भोलीपल्ट ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिन ब्याग किनेर ल्याएको पनि एसपी थापाले बताए। ‘खुकुरीको पनि सहायताले लाश काटेर २ वटा झोला हालेर साँझ ट्याम्पो भाडामा लिएर धरान हुदै भेडेटार जाने बाटोबाट फालेको र त्यसरात भेडेटार बसेर भोलीपल्ट विराटनगर फर्किएको खुलेको छ,’एसपी थापाले भने।
बहराइनको मास्क र भिजिटिङ कार्डले पहिचान
फागुन ४ गते बुधबार र ५ गते बिहिबार अलग अलग जेब्रा झोलामा पुरुषको शरीर टुक्राएर फालेको अवस्थामा धरान ४ स्थित कोशी राजमार्गअन्तर्गतको धरान भेडेटार सडक खण्डको जेठामाने गोलाइ क्षेत्रको जंगलमा शव भेटिएको थियो। प्रहरीले धेरै प्रयास गर्दा पनि मृतकको सनाखत हुन सकेको थिएन।
सनाखत नहुदा टाउको दुःखाई बनेको प्रहरीको लागि मृतकको जिन्स पाइन्टको गोजीमा भएको फेस मास्क र रिटो टुर्सको भिजिटिङ कार्ड प्रमुख क्लु बन्यो। फेस मास्कमा बहराइन जनाउ दिने बिएच लेखिएको थियो, र त्यसको आधारमा मृतक बहराइनसँग कुनै सम्बन्ध भएको अनुमान गर्दै प्रहरीले इन्टरपोलमार्फत बहराइन प्रहरीको सहयोग लिएर मृतक काम गर्ने कम्पनीसम्म सम्पर्क गर्न सक्यो। त्यसैको आधारमा दिनेश १५ दिनको विदा लिएर पुष २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमार्फत नेपाल आएको खुलेको थियो।
उनको घरपरिवारमा प्रहरी पुगेपछि कान्छी श्रीमतीसँगै विराटनगर बस्ने गरेको र बहराइनबाट फर्केपछि घरमा नआएको जानकारी प्रहरीले पायो। त्यसपछि सोमबार कान्छी श्रीमती अनितालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रेमी सरोजसँग मिलेर हत्या गरेको पुष्टि भएको एसपी थापाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार