बृहस्पति अस्त, अब २९ दिन शुभकर्म गर्न नहुने !
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार १७:५८:३७
११ फागुन, काठमाडौं । १० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् ।
१० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति २९ चैत बुधबार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ ।
खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ ।
ज्योतिषशास्त्र अनुसार यस्तो समयमा नित्यकर्मबाहेक अन्य साइत जुराएर गर्नुपर्ने मांगलिक कार्य गर्न नहुने नियम रहेको ज्यातिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।
आशिर्वाद दिने ग्रह नै कमजोर भएको समयमा शुभ कार्यहरूको फल प्राप्ति नहुने र गरेका कामहरू पूर्ण नहुने भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ ।
हरेक समयमा ग्रहहरू अस्त र उदय भइरहने प्रक्रिया चलिरहने भन्दै उनले तर देबगुरु बृहस्पति र शुक्र ग्रह अस्त हुँदा शुभफल प्राप्तिको योग नरहने भएकाले शुभकर्म निषेध गरिएको हो ।
ज्योतिष रिजालका अनुसार अस्तको प्रभाव विशेषगरी सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा पनि पर्ने छ । यस्तो समयमा कुनै पनि कर्य सफल नहुने योग निर्माण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार