कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार १७:५९:३६
११ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो ।
कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर्ने आयोजना, निर्माणाधीन आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्ने मन्त्रालयले जनाएको छ ।
कर्णालीका जलविद्युतको यथार्थ चित्रण गर्न साना जलविद्युत आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । ‘कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेका छन्, सञ्चालन भएका छन्, निर्माणाधीनको अवस्था कस्तो छ भन्नेबारे जानकारी आवश्यक रहेको छ,’ उनले भने, ‘तिनीहरूको विवरण सबै जिल्लाबाट संकलन गर्न निर्देशनसमेत दिइसकेको छ ।’
हप्ता दिनभित्र त्यसको विवरण दिन कर्णाली प्रदेशको १० वटै जिल्लास्थित कार्यालय निर्देशन दिइएको मन्त्री सिंहले बताए । ‘साना लगानीका जलविद्युत योजना धेरै समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि पहिलो चरणमा विवरण संकलन गर्न लागेका छौं,’ उनले भने,‘वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिपोर्ट पेस गरे थप कार्यका लागि मन्त्रालयले पहल थाल्नेछ ।’
त्यस्तै, मन्त्री सिंह जाजरकोटको जगदुल्ला जलविद्युत आयोजना विषयमा आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटासँग जानकारी लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार