प्रधानमन्त्री देउवा एक्लै अघि बढ्ने मुडमा: खुमलटार संवाद सकारात्मक बन्न सकेन,आजै निर्णय गर्न कांग्रेसको दवाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार १९:२२:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/deuba_8P10FdOHCp.jpg)
११ फागुन, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी अनुदान सम्झौता संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिनयता दौडधुप बढेको छ । संसदमा एमसीसी प्रस्ताव पेश भएदेखिनै प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।
मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टीमसँग छलफल गरेका देउवाले बुधबार बिहानै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटार पुगे । खुमलटारमा एक घण्टा बढी विताएका देउवाले सत्ता गठबन्धन टिकाउने र एमसीसी पास गराउने विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ । सत्ता गबठन्धन दलका शीर्ष नेतादेखि प्रतिपक्षी दलका नेता केपी ओलीसम्म समानान्तर संवादमा रहेका बेला देउवा आफै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
सत्ता गठबन्धन दलकै अवरोधका बाबजुद फागुन ८ मा सरकारले संसदमा एमसीसी पेश गरेको थियो । भदौदेखि एमालेको संसद अवरोध कायमै रहेको र सत्ता गठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादीको विरोधका बीच सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीमार्फत संसदमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो ।
अमेरिकाले फागन १६ भित्र जसरी पनि एमसीसी अनुमोदन गर्न दवाव दिइरहेका बेला फागुन १२ मा बस्ने संसद बैठकबाट सम्झौतामा सैद्धान्तिक छलफल गराउँदै पारित गराउने तयारीमा लागेका देउवाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीसँग समानान्तर छलफलमा लागेका हुन् ।
गठबन्धनमै रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्रीलाई सकस परेको छ । सरकारले पेश गरेको प्रस्ताव फेल हुने अवस्था आएमा सरकारमा बस्नु र नबस्नुको कुनै औचित्य नहुने भएकाले पनि देउवाको दौडधुप बढिरहेको छ । सत्ता गठबन्धन दलका नेतासँग पार्टी र विपक्षी पार्टी एमालेसँग सामानान्तर रुपमा प्रधानमन्त्री आफै र प्रधानमन्त्रीको दल नेपाली कांग्रेसका कतिपय नेताहरुले दोहोरो संवाद अगाडी बढाईरहेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवाले प्रचण्डलाई एमसीसीबारे आजै निर्णय गर्न दवाव दिएका थिए । ‘प्रधानमन्त्रीले गठबन्धन अप्ठेरो नपर्ने गरी आजै निर्णय गर्न आग्रह गर्नुभएको छ’, स्रोतले भन्यो ‘तर प्रचण्ड मौन रहेका छन् ।’
मंगलबार साँझ एमालेका अध्यक्ष ओलीसहितका शीर्ष चार नेतासँग संवाद गरेका प्रधानमन्त्रीले बुधबार बिहानै गृहमन्त्री बालकृष्ण खाँणलाई खुमलटार पठाएका थिए । खाँणले प्रचण्डसँग छलफल गरिरहेका बेला देउवा आफै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । एमालेसँग छलफल गर्नुअघि ओलीसँग उपसभापति पूर्णवहादुर खड्काले प्रचण्डसँग छलफल गरेका थिए । त्यसक्रममा एमसीसी जसरी पनि पास गर्नुपर्ने भएकाले प्रचण्डलाई सहयोग गर्न र सरकारमै बसेर विरोध नगर्न आग्रह गरिएको थियो ।
एमालेले सत्ता गठबन्धन तोडनुपर्ने, सभामुखको बर्हिमन हुनुपर्ने माग राखेको छ । देउवाले माधव नेपालसहितका १४ जना सांसदको कारवाहीलाई भने अस्वीकार गरेका छन् । तर सभामुखको भूमिकाको विषयमा भने देउवा अझै मौन रहेका छन् । संसद खुलाउने वातावरण भएमा र एमसीसीमा सहयोग गर्ने वचन प्रधानमन्त्रीले पाएमा सभामुखलाई महाभियोग लगाउने विषयमा कांग्रेस सकारात्मक बनिसकेको अवस्थामा माओवादी निकै दवावमा रहेको छ । माओवादीले अझैपनि सरकार नछाड्ने र गठबन्धन जोगाएर लैजाने मध्यमार्गी बाटोको खोजीमा रहेको छ ।
आज दिनभरसम्म पनि प्रचण्डले एमसीसीको विषयमा बचन नदिए देउवा एक्लै अघि बढ्ने मुडमा पुगेको स्रोतको दावी छ । खुमलटारमा प्रधानमन्त्री देउवा, गृहमन्त्री खाँण र प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच भएको छलफल सकारात्मक बन्न नसकेपछि देउवाले एक्लै भएपनि अघि बढ्ने मुड बनाएको स्रोतले जनाएको छ । ‘प्रचण्डले अडान छाडेका छैनन् पार्टीभित्र संकट उत्पन्न हुन्छ भनिरहेका छन् त्यसकारण अब एक्लै अघि बढ्नुको विकल्प छैन’, कांग्रेस निकट एक नेताले भने ।
संसदमा सामान्य रुपमा सम्झौता सैद्धान्तिक रुपमा छलफलका लागि लैजान पनि बहुमतले स्वीकृत हुनुपर्छ । अन्यथा प्रक्रिया अगाडी बढदैन । त्यसकारण बुधबार बिहानैदेखि देउवासहित सत्ता पक्षले एमसीसी पारित गराउने विषयमा छलफल अघि बढाएका थिए । कांग्रेसका एक पदाधिकारीले अब सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीमा बारे प्रष्ट धारणा बनाउनु पर्ने बताएका छन् । सरकारले लगेको प्रस्तावमा सत्ता गठबन्धनमै रहेर असहयोग गर्ने हो भने सरकार छोडनुपर्ने कांग्रेसका नेताहरुले दवाव वढाईरहेका बेला खुमलटार संवाद सकारात्मक बन्न नसकेको स्रोतको दावी छ ।
उता एमालेसँग पनि देउवाको संवाद सकारात्मक बन्न नसकेको र सभामुखको बर्हिगमनको विषयमा देउवाको धारणा नआएका कारण एमालेले संसद अवरोध कामयै राख्ने भएको छ । फागुन १२ गते बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी छ । तर, सो सम्झौता अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच नै कुरा मिलेको छैन । सम्झौता प्रस्ताव कुन प्रक्रियामा अगाडि बढाउने भन्नेमा समेत उनीहरुको आआफ्नै मत रहेकाले बाझिएको छ । अहिलेसम्म एमसीसी अनुमोदनको पक्षमा कांग्रेस मात्रै खुलेको छ । कांग्रेस सकेसम्म सत्ता गठबन्धनको भरमा, नभए एमालेको सहयोग लिएर भए पनि एमसीसी पास गरेर अघि बढ्ने नीतिमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार