भारतीय आँखाबाट नेपाल हेर्दा अमेरिकी नीति नेपालमा असफल हुँदै
इन्द्र रिजाल
फागुन ११, २०७८ बुधबार २३:२२:३५
११ फागुन, काठमाडौं । आफनो दृष्टि नहुनेलाई मात्रै अन्धो भनिंदैन । अरुको आखाँबाट हेर्नेलाई समेत अन्धो भनिन्छ । विश्व राजनीतिमा विशेष गरी महाशक्ति राष्ट्रहरु बेलाबेलामा यसप्रकारका अन्धताबाट ग्रस्त हुने गर्दछन् ।
खास गरी सानासाना देशहरु र समस्याहरुलाई आफूले हुेर्नु हुँदैन बरु क्षेत्रीय शक्तिका रुपमा रहेका मित्र देशहरुलाई यस्ता जिम्मेवारीहरु प्रदान गर्नुपर्दछ भन्ने महाशक्ति राष्ट्रहरुले सोच बनाउँछन् । यसरी अर्काको आँखाबाट कुनै देश विशेषलाई अवलोकन गर्दा वा कुनै देशविशेषका बारेमा दृष्टिकोणहरु बनाउँदा शक्तिराष्ट्रहरु विश्व राजनीतिका धेरै विषयहरुमा अन्जान हुन पुग्दछन् ।
यस्ता अज्ञानताहरुको योग हुँदै जाँदा उनीहरु समस्यारुपी जालमा पर्न जान्छन् । त्यो जालबाट बाहिर निस्किने क्रममा उनीहरुको शक्ति र साधनश्रोतको क्षय हुँदै जान्छ । अन्त्यमा त्यही समस्याबाट बाहिर निस्कने प्रयासहरुकै कारण महाशक्ति राष्ट्रहरु फस्न पुग्छन् र पतनको मार्गतिर उन्मुख हुन जान्छन् ।
नेपालको ऐतिहासिक, भौगोलिक र रणनीतिक महत्वलाई विश्लेषण गर्दैं संयुक्त राज्य अमेरिकाले सन् १९४७ मा नेपालसँग औपचािरक सम्वन्ध स्थापना गरेको हो । दक्षिण एशियामा संयुक्त राज्य अमेरिकाले दौत्य सम्वन्ध स्थापना गरेका देशहरुमा नेपाल जेठो मुलुक हो ।
के मुर्ख थिए त अमेरिकीहरु : जतिबेला नेपालको संयुक्त राज्य अमेरिकासँग सम्बन्ध स्थापना हुँदै थियो, त्यतिबेला भारत स्वतन्त्र भई सकेको थिएन । अप्रिल ५, १९४७ मा नेपालको औपचारिक रुपमा संयुक्त राज्य अमेरिकासँग दौत्य सम्वन्ध स्थापना भएको. थियो । संयुक्त राज्य अमेरिकाका महान पुर्खा र नेपालका महान पुर्खाहरुले दुई देशको सम्बन्धको महत्वलाई गभीर रुपमा विश्लेषण, चिन्ननमनन गरेर नै यस्तो सम्बन्ध स्थापना गरेका थिए ।
अति कठिन भूगोल र सञ्चारको अति न्युन उपलब्धताको त्यस समयमा संयुक्त राज्य अमेरिकाको कुटनीतिक प्रतिनिधिमण्डल जुन रुपमा नेपाल आयो र जुन भव्यताका साथ नेपालले उक्त प्रतिनिधिमण्डललाई स्वागत सत्कार गर्यो, त्यो केवल आतिथ्य सत्कारको औपचारिकता मात्र थिएन । यसभित्र दीर्घकालीन राजनीति, कुटनीति, सामरिक र रणनीतिक महत्वहरु अन्तरनिहित थिए ।
परन्तु सोभियत संघको विघटन सँगसँगै अमेरिकी नेतृत्वमा रुपान्तरित एक धूर्वीय विश्व व्यवस्थामा अमेरिकी नयाँपुस्ताले नेपाल अमेरिका सम्बन्धका उपरोक्त महत्वपूर्ण पक्षहरुलाई नजरअन्दाज गर्न थाले । अमेरिकी प्रशासनले नेपाललाई हरेक प्रकारले तिरक्कार गर्न थाल्यो । स्थिति यत्तिसम्म पुग्यो कि अमेरिकी प्रशासनले नेपाल सम्बन्धी आफ्नो दृष्टिकोण नै त्याग्न थाल्यो । विकल्पमा भारतको नेपाल नीतिलाई अमेरिकी प्रशासनले पनि आफ्नो नीतिको रुपमा अँगीकार गर्न थाल्यो ।
नेपालमा सन् १९९० को परिवर्तन र २००६ को परिवर्तनमा अमेरिकी प्रशासनले भारतीय नीतिलाई नै अनुमोदन गर्यो । यसैको परिणाम संयुक्त राज्य अमेरिकाले हाल नेपालमा भोगिरहेको छ । एमसीसीको विरोधमा सडकमा कम्यूनिष्टहरुको जुन संगठित विरोध शुरु भयो त्यो त्यसैको परिणाम हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार