नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १२:२७:२४
१२ फागुन, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेका छन् ।
समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।
समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ । समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलोपटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार