बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १३:७:८
१२ फागुन, काठमाडौँँ । काठमाडौँसहित केही जिल्लामा बर्डफ्लु देखिएसँगै उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।
पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गरे ।
पशुपन्छी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गरे ।
नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले उहाँले विभिन्न ५० स्थानबाट बर्ड–फ्लु परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिए । पोल्ट्री व्यवसायी सङ्घका सल्लाहकार मधुसुदन गुरागाईले नयाँ–नयाँ रोगले व्यवसायीलाई धरासायी बनाइरहेको अवस्थामा प्रविधिमैत्री भई जैविक–सुरक्षासँगै नयाँ सुरक्षाका रणनीति अपनाउन आग्रह गरे ।
बनेपा नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार