हानिबर्द्धक ब्रान्डको प्रचार नगर्ने लारा दत्ताको घोषणा
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १६:३८:३८
१२ फागुन, काठमाडौं । बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुर्याउने कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् ।
उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा खाना बनाउन प्रयोग गरिने तेल, टुथपेस्ट र गाडीहरू सामेल छन् ।
‘म मदिरा र सुर्तीजन्य कुनै पनि ब्रान्डसँग जोडिएको छैन । मलाई लाग्छ कि यस्तो ब्रान्डको प्रचारप्रसार गरिनुहुँदैन । मैले सेनेटरी नेप्किनको पनि प्रचारप्रसार गर्न अस्वीकार गरिसकेको छु’, उनले भनेकी छन् ।
लाराले पछिल्लोपटक फिल्म ‘बेल बटम’मा आफूलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा प्रस्तुत गरेकी थिइन् । यो फिल्ममा अक्षय कुमार र हुमा कुरैशीले पनि प्रमुख भूमिकामा अभिनय गरेका थिए ।
लाराले सन् २००० मा ‘मिस युनिभर्स’को उपाधि जितेकी थिइन् । सन् २००३ मा फिल्म ‘अन्दाज’बाट बलिउडमा ‘डेब्यु’ गरेकी लाराले ‘मस्ती’, ‘नो एन्ट्री’, ‘भागम भाग’, ‘झूम बराबर झूम’, ‘पार्टनर’, ‘चलो दिल्ली’ र ‘डन २’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार