प्रहरीले चलाएको गोली लागेर गाँजा तस्करको मृत्यु
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १७:१५:५९
१२ फागुन बारा । अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर बाराको सिम्रौनगढमा एकजनाको मृत्यु भएको छ ।
घटनामा अर्का एकजना घाइते भएका छन् । नेपालबाट भारततर्फ गाँजा लैजादै गरेको सूचना पाएपछि सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। बुधबार रातीको समयमा गाँजा लिएर तस्करको समूह महुवानी आएपछि दोहोरो फायरिङ भएको हो । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उक्त समूहले गोली चलाएको र प्रहरीले जवाफी कारवाही गरेको प्रहरी प्रवक्ता राजेश थापाले बताए । प्रहरीमाथी गोली चलाएर भाग्न खोजेका उनीहरुमध्ये दुईजनालाई प्रहरीले घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो ।
घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान भने खुलेको छैन् । घटनामा संलग्न भारत मोतिहारीका ४० वर्षीय हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । उनीहरुको साथबाट प्रहरीले ७५ केजी गाँजा समेत बरामद गरेको छ । प्रवक्ता थापाका अनुसार ६७ जनाको समूहमा रहेका तस्करले पाँचवटा बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समूहलाई नियन्त्रणमा लिन एम्बुस थापेर बसेको थियो ।
सोही क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा घटना भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको प्रवक्ता थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार