तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १८:२६:४३
१२ फागुन, काठमाडौं । सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन चुकेको नेपालले तेस्रो स्थानको लागि आज (बिहीबार) आयोजक ओमानसँग खेल्दैछ ।
विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ ।
यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित हुँदै अस्ट्रेलियामा अक्टोबरदेखि सुरू हुने विश्वकपमा स्थान बनाउन असफल भए ।
नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।
सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार