बलिउड अभिनेता अरमानको जमानत अस्वीकार
नेपालबहस संवाददाता
फागुन १२, २०७८ शुक्रबार ०:८:१५
१२ फागुन, एजेन्सी । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ ।
अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो ।
अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको थियो । हाल उनी जेल जीवन बिताइरहेका छन् । यसअघि पनि अरमानको जमानत निवेदन विशेष अदालत र बम्बई हाई कोर्टले खारेज गरिदिएको थियो ।
एनसीबीले अदालतमा आरोपीलाई एक व्यावसायिक मात्राको कब्जाका लागि नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्स ‘एनडीपीएस’ अधिनियमको एक सम्बन्धित धारा अनुसार पक्राउ गरेको बताएको छ । सम्बन्धित धारामा चिकित्सा आधारमा जमानतको प्रावधान छैन ।
एनसीबीले अरमानको जुहूस्थित घरमा छापा मारेर केही मात्रामा लागुऔषध बरामद गरेको थियो । एनसीबीका अनुसार उनको घरबाट १ दशमलब २ ग्राम एमडी बरामद गरिएको थियो । जबकी यो मामलामा सहआरोपीबाट ठूलोमात्रामा मादक पदार्थ बरामद गरेको थियो ।
कोहलीको गिरफ्तारी मुख्य विक्रेता अजयराज सिंहलाई हिरासतमा लिएर सोधपुछ गरिएपछि भएको थियो । अरमानको घरमा बरामद भएको लागुऔषध दक्षिण अमेरिकामा तयार भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार