तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
फागुन १३, २०७८ शुक्रबार ११:२१:३०
वि.सं.२०७८ साल फागुन १३ गते । शुक्रबार । ईश्वी सन् २०२२ फेव्रुवरी २५ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४२ । फागुन कृष्णपक्ष । तिथि–सप्तमी, बिहान ११ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–ज्येष्ठा, बिहान १० बजेर २८ मिनेट उप्रान्त मूल । योग–बज्र, बेलुकी १० बजेर ५१ मिनेट उपान्त सिद्धि । करण–गर, बिहान ११ बजेर १८ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ०६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–चर योग । चन्द्रराशि–बृश्चिक, बिहान १० बजेर ४७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३५ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । बिहानको समय मध्यम रहेकोले मायाप्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाईलेखाईमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा चेलिमाईतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाईलेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाइको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाइको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाईनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । मध्यान्हबाट समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारीसाधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
तुला‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुती दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागी मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । बिहानको समय यात्रा गर्दा ध्यान दिनुहोला ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथिभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागी अली बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने बिद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो नाँफा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार