आज देशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १३:४६:३८
१३ फागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशमा हाल पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मौसम विश्लेषण
२०७८ फागुन १३ गते (शुक्रबार)
दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १४ गते (शनिबार)
दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशभरि तथा कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिमको पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
२०७८ फागुन १५ गते (आइतबार)
दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार