स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ वटा दल दर्ता
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १४:१६:२
१३ फागुन काठमाडौं । स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन् ।
पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए । आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन्।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गनेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।
सङ्घीय संसदमा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार