लाभांश प्रस्ताव गर्न ७ निर्जीवन बीमा कम्पनी मात्र बाँकी, कुन–कुनले गरे बुक क्लोज र एजीएम ?
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १८:३३:१८
१३ फागुन, काठमाडौं । गत वर्षको मुनाफाबाट ७ निर्जीवन बीमा कम्पनीहरुले आफ्ना शेयरधनीलाई दिने लाभांश वितरण गर्न सकेका छैनन् ।
यस अवधिसम्ममा नेप्सेमा सुचिकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ वटा (सानिमा जनरल इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स) कम्पनीहरुले मात्र लाभांश घोषणा गर्न नसकेका हुन् । बाँकी ११ वटा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।
सबैभन्दा धेरै लाभांश घोषणा गरेको कम्पनीः
आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका ११ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ । कम्पनीले २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत नगदसहित २१ दशमलव ०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै दोस्रोमा नेको इन्स्योरेन्स र तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ ।
लाभांश प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकी रहेका कम्पनीहरुः
आर्थिक वर्ष २०७७/७८ को १० कम्पनीहरुले लाभांश घोषणा गरी बुक क्लोज गर्न बाँकी रहेका छन् । हाल लाभांश घोषणा गर्ने ११ कम्पनीमध्ये एकको बुक क्लोज सम्पन्न र अर्कोको बुक क्लोज मिति मात्र तय भइको छ । अन्य ९ कम्पनीको भने बुक क्लोज मिति तय भएको छैन् ।
लाभांश घोषणा गर्ने यी कम्पनीको बुक क्लोज मिति तय भएको छैन् । त्यसैले बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले यी तीन कम्पनी लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश प्रस्ताव गरेर बुक क्लोज भइसकेका कम्पनीहरुः
लाभांश घोषणा गरेका ११ वटा कम्पनीहरुमध्ये १ कम्पनीले आर्थिक वर्ष २०७७/७८ को साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको छ ।
हाल प्रिमियर इन्स्योरेन्सले मात्र बुक क्लोज गरी साधारणसभा समेत गरिसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले भने बुक क्लोज मिति मात्र तय गरेको छ । कम्पनीले फागुन १६ गते बुक क्लोज गदैछ । अन्य १० कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छैनन् ।
साधारणसभा गरेका कम्पनीहरुः
प्रीमिय इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले साधारणसभा गरिसकेको छन । तर सानिमा जनरल र अजोड इन्स्योरेन्स कम्पनीले भने यस वर्ष शेयरधनीहरुलाई हात खालि बनाएको छन ।
त्यस्तै प्रीमिय इन्स्योरेन्सले भने लाभांश वितरण गरिसकेको छ । अन्य दुई कम्पनीले भने साधारणसभाको मिति आह्वान गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्सले फागुन ३० गते साधारण सभा बोलाएको छ । सभाले लाभांश प्रस्ताव पारित गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार